२०८३, कार्तिक १५ गते

Switch TV Mode

शनिवार, कार्तिक १५ गते २०८३

संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउनेले सजाय पाउनुपर्छ : रवि लामिछाने

शनिवार , कार्तिक १५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका हुन् । उनले संविधान र लोकतन्त्रमाथि आँच पुर्याउने कार्य गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्ने बताए ।

उनले भने, ‘म एउटा कुरा के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र लोकतन्त्र भन्दा ठूलो केही छैन । कोही छैन । रास्वपा यसमा स्पष्ट छ । रवि लामिछाने यसमा स्पष्ट छ । कसैले पनि यसमा द्विविधा लिनुपर्दैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ । त्यसले जिम्मेवारी लिनुपर्छ भनेर हामीले स्पष्ट रुपमा भनेका छौं ।’

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार