२०८३, कार्तिक २० गते

Switch TV Mode

बिहिवार, कार्तिक २० गते २०८३

आईजीपी प्रकरणलाई लिएर गोकुल बास्कोटाको कटाक्षः अदालत कि पशुपतिमा बज्ला कार्की–केसी घनचक्करको घण्टी ?

बिहिवार , कार्तिक २०, २०८३

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणलाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

पूर्वआईजीपी अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधानबीचको विवाद, वामदेव गौतमको निर्णयले एमालेले भोगेको राजनीतिक क्षति तथा रुक्माङ्गद कटुवाल प्रकरणले माओवादीलाई परेको असर स्मरण गर्दै उनले अहिलेको कार्की–केसी प्रकरणप्रति कटाक्ष गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अच्युत कृष्ण भर्सेस ध्रुवबहादुर रडाकोले एक दशक पुलिस थलियो र वामदेव लहडले एमालेलाई है है भो । रुक्माङ्गदले माओवादी ओरालीको मृग । अब अहिलेको कार्की–केसी घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्ला ?’

पछिल्लो आईजीपी नियुक्ति विवादले सरकार र प्रहरी संगठनभित्र नयाँ बहस सिर्जना गरिरहेका बेला उनको यो टिप्पणी सार्वजनिक भएको हो।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार