२०८३, कार्तिक २० गते

Switch TV Mode

बिहिवार, कार्तिक २० गते २०८३

सरकारले गर्नसक्ने गरे हुन्छ, हामी सामना गर्न तयार छौँः महामन्त्री राणा

बिहिवार , कार्तिक २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने प्रयास भए कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

ललितपुरको बज्रबाराहीमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री राणाले सरकारले सभापति थापाविरुद्ध प्रतिशोधपूर्ण कदम चाल्न खोजे पार्टी चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले अरु दलका नेता डराइरहेका तर गगन थापा र कांग्रेस कसैसँग नडराउने बताए । उनले भने,‘के के गर्न सक्ने गरे हुन्छ, हामी सामना गर्न तयार छौँ । पत्रकार डराएर समाचार लेखिरहेका छन् । विपक्षी दलका अरु नेता पनि डराएर बसेको अवस्था छ । एउटै नडराएको भनेको गगन थापा र गगन थापा नेतृत्वको पार्टी हो । हामी डराउने छैनौँ । म सरकारलाई भन्न चाहन्छु, गर्न सक्ने गर, जे जे गर्न सक्ने हो गरे हुन्छ । हामीलाई राणाले, पञ्चायत र ज्ञानेन्द्रले पनि केही गर्न सकेनन् । माफिया लगाए पनि हुन्छ, अदालत लगाउन सक्ने भएपनि लगाए हुन्छ । हामी तयार छौँ सामना गर्न । किनकी हाम्रो हात सफा छ, हामी स्पष्ट छौँ ।’

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार