ट्याक्टर दुर्घटनामा एकको मृत्यु

चामुण्डा (दैलेख)
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ को भुवाटाकुरेमा भे १ त ३७५२ नम्बर ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चामुण्डाविन्द्रासैनी नगरपालिका ४ का २८ वर्षका चालक नरेश शाहीको मृत्यु भएको हो ।
चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ६ स्थित पादुका खोलाबाट बालुवा लिएर चामुण्डा माध्यमिक विद्यालयमा जादै गर्दा दुर्घटना भएको स्थानीय अगतबहादुर शाहीले जानकारी दिए ।
ट्याक्टरमा चालक सहित तीन जना सवार थिए । ट्याक्ट दुर्घटनामा वडा नं. ३ की मनिसा शाही गम्भिर घाईते भएकी छिन । घाईतलाई स्वास्थ्य चौकी चामुण्डामा प्रथामिक उपचार गरी थप उपचारका लागि सुर्खेत रिफर गरिएको उनले बताए । सह चालक भने सकुशल रहेको उनले जानकारी दिए । हालसम्म घटना स्थलमा प्रहरी भन्ने पुग्न सकेको छैन ।