स्रोतको उचित सदुपयोग गर्नुहोस : सांसद बुढा

चामुण्डा (दैलेख) ।

स्थानीय तहले स्रोतकाे उचित सदुपयोग गर्न दैलेख क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य राजबहादुर बुढाले बताएका छन । मंगलबार जम्बुकाँध चामुण्डाविन्द्रासैनी नगरपालिकाले विजयादशमी, शुभ दिपावलि तथा छठ र्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो बताएका हुन । ‘जबसम्म स्रोत साधनको सहि सदुपयोग हुदैन, ‘तबसम्म विकास निर्माणले गति लिन सक्दैन ।’ उनले भने,–साथै पछिल्लो समय सिंहदरबारका अधिकार भन्दा पनि बेथिति अगाडी नै भित्रिएको ‘यसमा सबैले सजकता अपनाउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका बुढाले नगरवासीलाई शुभकामना व्यक्त गर्दै मुलुकमा राजनीतिक लडाई सकिएको र अब मुलुकलाई आर्थिक समृद्धिको लडाईमा सबै एकजुट हुने समय आएको बताए । ‘हिजो हामीसंग राणा शासन पञ्चायतलाई भत्काउने सीप थियो, ‘त्यो सीपको प्रयोग गरी राणा र पञ्चयात शासनको भत्काउन सफल भयौँ ।, ‘ सुखी नेपाली र समृद्ध नेपालको सपनालाई पुरा गर्नका लागि मुलुकको अर्थतन्त्र मजबुद बनाउने सीपको आवश्यकता पर्नेछ ।’ उनले भने–

साथै सहकार्य विना विकास निर्माणलाई दु्रत गति दिन नसकिने भन्दै संघ प्रदेश र स्थानीय तहका प्रमुख बीच सहकार्य भएको उनले जानकारी दिए । चामुण्डाविन्द्रासैनी नगरपालिकाको वस्ती व्यवस्थापनलाई व्यवस्थित बनाउन उनले सुझाव दिए । आगामी दिनमा चामुण्डाविन्द्रासैनी नगरपालिकाका देशकै नमुना खालका निर्णय गर्न आग्रह गरे । ‘तपाईहरुको निर्णय न्यायका पक्षमा होस ।, ‘तब मात्र जनताले विकास भएको महसुस गर्नेछन ।’ उनले भने,–

यस नगरपालिकाको समृद्धि र विकास निर्माण द्रतु गति दिनका लागि संघिय सरकारसंग पहल गर्ने उनले प्रतिवद्धता जनाए ।

कर्णाली प्रदेश सभा सदस्य हिमबहादुर शाहीले स्थानीय सरकारले संविधान अनुसूची ८ मा भएका अधिकारलाई कार्यान्वय गर्नुपर्नेमा जोड दिए । नगरपालिकाले दिगो विकासको नीतिलाई अपनाउनु पर्ने बताउदै दिएको विकासले दिगो विकास ओगट्न नसक्ने उनले बताए ।

जिल्ला विकास समितिका पुर्व उप–सभापति एवम् नेपाल कम्युनिष्ट पार्टीका नेता सुर्यबहादुर शाहीले दिगो विकासका लागि सबैको सहयोगको आवश्यक पर्नेमा जोड दिए । उनले भने,–‘जनप्रतिनीधिहरुको प्रयासले मात्र दिगो विकास गर्न सकिदैन ।, दिगो विकासका लागि सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने उनको भनाई छ । साथै मदिराको कारणले गर्दा पछिल्ला पुस्ता दिनप्रतिदिन बिग्रिदै गएका छन । नयाँ पुस्तालाई सुधार्नका लागि मदिरालाई बन्द गर्नुपर्ने उनले जोड दिए ।

नगर प्रमुख सुर्यबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख ताराकुमारी शाही (खत्री), अध्यक्ष रंगबहादुर तामाङ, युवा संघका पुर्व केन्द्रिय सदस्य शेरबहादुर रावत, नेकपा नेता हस्तप्रसाद शर्मा, नेपाली कांग्रेसका नगर सभापति जगतबहादुर शाही, नेपाल विद्यार्थी संघका सह–महामन्त्री ईश्वरबहादुर विष्ट, मध्यपश्चिमाञ्च विश्वविद्यालयका अध्यक्ष झक्कबहादुर शाहीले आ–आफ्नो धारणा राखेका थिए ।