चामुण्डाविन्द्रासैनीले जिल्लामै नमुना विकास गर्नसक्छ : थापा

चामुण्डा (दैलेख) ।

जिल्लामै  विकासको नमुना चामुण्डाविन्द्रासैनी नगरपालिकाले मात्र दिनसक्नेमा आफु आशावादी रहेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले बताएका छन । चामुण्डाविन्द्रासैनी नगरपालिका अन्य स्थानीय तहको तुलनामा राम्रो काम गरी जिल्लाकै मोड विकास दिनेमा जिल्ला समन्वय समिति आशावादी रहेको उल्लेख गरे । साथै जनताको आवश्यकतालाई पहिलो प्रथामिकता राखी विकास निर्माणका कार्यलाई त्रिव  रुपमा अघि बढाउन उनले आग्रह गरे । नयाँ बाटो भन्दापन िनिर्माण भईसकेका बाटाहरुको उन्नतस्तर बृद्धिमा ध्यान दिन उनको सुझाव छ ।

दिगो कृषि तथा वातावरण र जलस्रोत संरक्षण केन्द्र सेवक दैलेखद्धारा संचालित कार्यक्रमको अनुगनम गर्न चामुण्डाविन्द्रासैनी पुगेका जिल्ला समन्वय समितिका प्रमुख थापाले ‘एक वर्ष चुनावी र बुझ्दै गयो, ‘अबको बाँकी समय भनेको पलानिङ्ग बनाएर काम गर्न पर्नेमा जोड दिए । अन्य स्थानीय तहको तुलनामा चामुण्डाविन्द्रासैनीले उदारणीय काम गरेकोमा प्रसंशा समेत गरे ।

साथै विपद् कसैलाईपनि जानकारी नदिएर आउने भएकाले समयमै सवधानी अपनाउन उनले निर्देशन दिए । विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले विपद् व्यवस्थापनका लागि सबै स्थानीय तह पुर्व तयारी साथ रहेन निर्देशन दिएका हुन । विपद् आउछु भनेर आउदै, जुनसुकै समयमा विपद् आउन सक्छ, विपद् व्यवस्थापनका लागि उद्धार सामाग्रीहरु खरिद गरी तयारी अवस्था बस्नुहोस ।’उनले भने,–

कार्यक्रममा नगर प्रमुख सूर्यबहादुर शाहीले विकास निर्माण कार्यलाई तिव्र गतिमा अघि बढाईएको जानकारी दिए । अबको केही महिना भित्र निर्माणधिन सडकहरुलाई स्तर बनाउनका साथै थप नयाँ सडक नखन्ने उल्लेख गरे । नगरवासीको प्रमुख समस्या खानेपानी र विद्युतको समस्या अबको ५÷६ महिना समधान गरिने उनले दावी गरे । नगरपालिकाको वडा नं. ४ र वडा नं. ८ मा राष्ट्रिय अन्र्तर्राष्ट्रिय मापदण्डाका दुईवटा खेल मैदानहरु निर्माधिन अवस्थामा रहेको उनले बताए ।

यतिमात्र होइन उनले भने, नगरपालिकाले हाल १ वडा न १ नर्सरी, १ खुल्ला मैदान बनाउने नीतिलाई अघि बढाईएको छ । प्रत्येक वडा नर्सरी स्थापन गरी रैथाने बाली संरक्षण नीति अघि बढाईएको उनको भनाई छ ।

नगवासीलाई यातायातको पहुँचलाई सहज बनाउनका लागि साङ्गेतडा–रागाँजुजा नगर मार्ग त्रिव गतिमा अघि बढाईएको उनले बताए । हाल नगरपालिका नगर प्रोफाइल र सडक गुरुयोजना बनाई सकेको जानकारी समेत दिए । नगरवासीको जीवन स्तरलाई माथि उकास्न नगरपालिकाले विभिन्न नीतिहरु बनाएर अघि बढेको जानकारी दिए ।

चामुण्डाविन्द्रासैनी नगरपालिकामा हाल वनको अवस्था नाजुक भएकाले एक वन जनप्रतिनीधि कार्यविधि बनाई वन संरक्षणको अभिभानलाई तिव्ररुपमा अघि बढाईको उनले बताए । नगरपालिकामा वन भुगोल धेरै भएपनि हाल २९ प्रतिशत मात्र वन रहेको जानकारी दिए । आगामी दिनमा वनलाई ४१ प्रतिशतसम्म पु¥याउने आफ्नो लक्ष्य रहेको उनको दावी छ ।

नेपाल कम्यूनिष्ट पार्टी कर्णाली प्रदेशका सदस्य मयाराम अधिकारीले प्रदेश सरकारले कानून बनाउन ढिलाई गर्दा स्थानीयलाई काम गर्न अप्ठ्यरो भएको बताए । जनतासंग प्रत्येक्ष जोडिएको स्थानीय तहमा जनताको अपेक्षा धेरे भएकाले अर्को तर्फ प्रदेश सरकारले समयमा कानून बनाउदा स्थानीय तहका जनप्रतिनिधिहरुले भार खेप्नु पर्ने बाँध्य रहेको उनले उल्लेख गरे । साथै चामुण्डाविन्द्रासैनी नगरपालिकाका हरेक विकास निर्माणका कार्यलाई नेकपाले प्रत्येक्ष निगरानी राख्ने उनले दावी गरे ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले आफुसंग भएको स्रोत साधनलाई प्रयोग गरी बजेटको सहि सदुपयोग गरेको खण्डमा मात्र समृद्ध नगरपालिका बनाउन सकिनेमा जोड दिए । वर्तमान समय स्थानीय सरकारहरु मिडिया मैत्री नहुदाँ स्थानीय तहले गरेको कामहरु प्रसार–प्रसार नभएको उल्लेख गरे । आगामी दिनमा स्थानीय तहहरु मिडिया मैत्री बन्नुपर्नेमा उनले जोड दिए । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि सहयोगको अपेक्षा समेत उनले गरे ।

कार्यक्रममा सेवक तथा गैर सरकारी संस्था महासंघका अध्यक्ष महारुप खत्रीले विपद् व्यवस्थापनका लागि समयमै सावधानी अपनाउनु पर्नेमा जोड दिए । करिब १ लाख ५० हजार बराबरको विपद्को समयमा आवश्यक पर्ने राहत तथा उदारका लागि आवश्यक पर्ने सामाग्री नगरपालिकालाई हस्तान्तरण गर्दै विपद् व्यवस्थापनका लागि नगरपालिका तयारी अवस्था बस्न आग्रह गरे ।

यसैगरी नगर प्रमुख शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भगवतिमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापा, डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का अध्यक्ष राजु केसी, चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ८ का अध्यक्ष वीरबहादुर शाही, जिल्ला समन्वय समिति दैलेखका निमित्त प्रमुख पदम सापकोटा, जिल्ला प्रशासन कार्यालय दैलेखका नायब सुब्बा तिलकप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।