चामुण्डामा वन कार्यालय स्थापना, भकारी दिन्छौँ, वन काट्नेलाई छुट दिदैनौँ ः नगर प्रमुख शाही

 ‘वन फडानी गर्नेको फोटो सामाजिक संजालमा राख्नुहोस’ 

मदन विक ।

चामुण्डा (दैलेख) ।  

वन अतिक्रमण गर्ने र फडानी गर्ने कोही कसैलाईपनि छुट नदिन चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले रामघाट सव डिभिजन वन कार्यालयलाई निर्देशन दिएका छन । रामघाट सव डिभिजन वन कार्यालय चामुण्डाविन्द्रासैनी विहिबार जम्बुकाँधमा आयोजना गरेको १ दिने चामुण्डाविन्द्रासैनी नगरपालिकाको हालको वनको अवस्था र दिर्घकालिन रणनीतिक सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा यस्तो बताएका हुन ।

मकै राख्नका लागि वन फडानी गर्नेलाई वन कार्यालयले छुट नदिने उनले बताए । ‘मकै राख्ने भकारी दिन्छौँ, वन काट्ने र अतिक्रमण गर्नेलाई छुट् हुदैन ।’ ‘तपाईहरु मेरो मकै धेरै भयो, राख्नका लागि भकारी छैन भनी निवेदन दिनुहोस , ‘नगरपालिका तपाईलाइ भकारी उपलब्ध गराउन तयार छ ।’ उनले भने–‘वन फडानी गरी मकैका ठाँग्रा हाल्नेलाई छुट छैन ।

नगर प््रमुख शाहीले वन फडानी गरी मकैको ठाँग्रा हाल्ने व्यक्तिको फोटो सामाजिक संजाल फेसबुकमा खोजी राख्न सबैलाई आग्रह गरेका छन । ‘फेसबुकमा अनावश्यक चिज राखेर समयलाई बर्वाद नगुर्नहोस ।’ उनले भने,–‘वन काट्नेको फोटो खिचेर सामाजिक संजालमा राख्नुहोस ।’ प्रविधिको युगमा सामाजिक सञ्जालको माध्यमबाट वक्ष सरक्षणको अभियान संचालन गर्नपर्नेमा उनले जोड दिए । वन फडानी गर्ने मात्र होइन, सार्वजनिक पदधार गर्ने व्यक्तिको घर आगनमा बोट विरुवा नरोप्ने पाएमा पनि फोटो खिचेर सामाजि संजालमा राख्ने समेत आग्रह गरे ।
साथै छाडा मान्छेले घर, समाज, राष्ट्र बन्दैन र छाडा चौपायले वन जंगलको संरक्षण नहुने उनको भनाई छ ।

कार्यक्रममा उप–प्रमुख ताराकुमारी शाही (खत्री) ले जल, जंगललाई संरक्षण गर्न सकिएन भने आत्म निर्भरको सपान चक्नाचुर हुने बताईन । ‘नगरपालिकालाई आर्थिक रुपमा समृद्धि बनाउन वनलाई संरक्षण गर्नुपर्छ । नीति र कानून राज्यले मात्र कार्यान्वयन गर्न नसक्ने भन्दै कानून कार्यान्वयमा नागरिकको महत्वपुर्ण भुमिका हुनेमा जोड दिईन । साथै, नाङा डाडाकाडाहरुमा वृक्षारोपण गरी वन संरक्षण गर्नुपर्ने बताईन । अब कसैलेपनि जङ्गल भएको स्थानमा वृक्षारोपण गरी वन संरक्षण गरेको हुँ भनि जनताको आँखामा क्षारो हाल्न निमल्ने उनले बताईन ।

रामघाट सव डिभिजन वन कार्यालय चामुण्डा फरेष्टर राजराम रावलले बुझेका व्यक्तिहरुबाट नै बढी वन अतिक्रमण हुने गरेको बताए । आगामी दिनका आफ्नो कार्यालयले कार्यसम्पादन गर्दा जनप्रतिनीधि र नागरिक समाजले सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामाङ्ग, २ नं. का अध्यक्ष जंगबहादुर विष्ट, वडा नं. ४ का अध्यक्ष, टिकाराम शाही, ५ नं का अध्यक्ष नारायण प्रसाद रेग्मी, वडा नं. ६ का अध्यक्ष बखत बहादुर बोहोरा, वडा नं. ८ का अध्यक्ष वीरबहादुर शाही र वडा नं. ९ का अध्यक्ष नन्दप्रसाद जैसी लगायतले नागरिक समाज गैर–जिम्मेवार हुदाँ वन अतिक्रमण बढ्दै गएकोमा जोड दिए । उनीहरु ‘जबसम्म नागरिक समाज क्रियाशिल हुदैन, ‘तबसम्म वन संरक्षण सम्बन्धी नीति कार्यान्वयमा चुनौती आउने दावी गरे । वन कार्यालय र नगरपालिका र वडा कार्यालय बाट मात्र वन संरक्षण असम्भव हुनेमा जोड दिए ।

उत्ता वन उपभोक्ता समितिका प्रतिनिधिहरु तथा नागरिक समाजका अगुवाहरुले प्रत्येक वडामा वन संरक्षण सम्बन्धी जनचेतना मुलक कार्यक्रम र समय–समयमा छड्के अनुगमन गर्न वन कार्यालयलाई सुझाव दिएका छन ।

यसैगरी कार्यक्रममा , नेपाल सरकारबाट व्यवस्थित वन  संरिक्षत वन, साझेदारी वन, धार्मिक वन, सामुदायक वन र राष्ट्रिय वन जथाभावी वन ऐन विपरित जथाभावी वन  काटमास÷बेचविखन गरेमा पाइएमा वन एने अनुसार कारवाही गरिने निर्णय भएको वन रक्षक राजेन्द्र धमलाले जानकारी दिए । कोही कसैलेपनि संरक्षित वन क्षेत्र भित्र छाडा चौपाया छोडेमा नियमानुसार कारवाही होस भनि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

साथै चामुण्डाविन्द्रासैनी नगरपालिका सबै वडाहरु छड्के गस्ती वन र प्रहरी चौकीले संयुक्त रुपमा गर्ने निर्णय भएको उनले बताए । नगरपालिका सबै वडाहरुमा वन सम्बन्धी सचेतना कार्यक्रम गरिने वन रक्षक धमलाले जानकारी दिए ।