‘ज्वाला सन्देश’ पुस्तकको विमोचन

काठमाडौँ ।

दैलेखी सेवा समाज काठमाडौँले वार्षिक मुखपत्र ‘ज्वाला सन्देश’ पुस्तकको विमोचन गरेको छ । शनिवार एक समरोहका बीच समाज काठमाडौँले आफ्नो मुखपत्र पुस्तकको विमोचन गरेको हो ।

पुस्तकको विमोचन गर्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दैलेख जिल्ला सामाजिक क्षेत्र, साहित्यिक सिर्जना, नीति निर्माण तह, प्राज्ञिक तहमा प्रभावका हिसावले देशकै अग्रणी जिल्ला रहेको भन्दै मुक्तकण्ठले प्रशंसा समेत गरे ।

यसैबीच रामकृष्ण आचार्य “विशेष्य“ को पहिलो कृति “आदीविम्व“ को विमोचन गरिएको थियो । दैलेखी सेवा समाजका संस्थापक अध्यक्ष डा. मधुसूदन गिरी र नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य प्रा. जगत् उपाध्यायले पुस्तक माथि समीक्षा गरेका थिए ।

उक्त कार्यक्रममा सर्जक लालबहादुर खत्रीले आफ्नो कृती “सौंराई लागी राई सुवाकी“ न्याउल्या काव्य १०१ थान दैलेखी सेवा समाजलाई दान गर्नु भएको थियो ।

दैलेखी सेवा समाजको वार्षिक मुखपत्र “ज्वाला सन्देश“ जिल्लाको राजनीति, साहित्य र संस्कृतिको ईतिहास, विकास, युवा नीति, शिक्षा, खेलकुद, लोक साहित्य सम्बन्धी लेख रचना, संस्मरण, कविता जस्ता पठनिय सामग्रीहरू समेटिएको कुरा मुखपत्रका प्रधान सम्पादक एवम् सेवा समाजका महासचिव मोहन शाहीले जानकारी दिए । विमोचन कार्यक्रम दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।