चामुण्डाको बजेट सर्वसम्मत पारित, शिक्षालाई प्रथामिकता

चामुण्डा (दैलेख) ।
चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखले आर्थिक वर्ष २०७५÷०७६ बजेट पारित गरेको छ । जम्बुकाँधमा सम्पन्न भएको तेस्रो नगरसभाले सो बजेट सर्वसम्मत पारित गरेको हो ।

नगर प्रमुख सुर्यबहादुर शाहीले शिक्षाको गुणस्तर सुधार गर्नका लागि सबै भन्दा बढी बजेट शिक्षामा विनियोजित गरिएको बताए । ‘विकास लागि जनचेतनालाई माथि उठाउनु पर्छ ।’ जबसम्म जनचेतनाको माथि उठ्दैन तबसम्म विकास हुदैन । विकासका लागि सकरात्मक सोचका आवश्यकता पर्छ ।’ उनले भने– शिक्षाले जनचेतना फैलाउने र सकरात्मक सोच बनाउनेमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकाले शिक्षा क्षेत्रलाई प्रथामिकता साथ बजेट विनियोजित गरिएको उनको भनाई छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा शिक्षा तर्फ सबैभन्दा बजेट छुट्एको नगर उप–प्रमुख ताराकुमारी शाहीले बताईन । चालु आर्थिक वर्षमा शिक्षा तर्फ २ करोड २४ लाख ४२ हजार बजेट विनियोजित गरिएको छ । यसैगरी सडक तथा झोलुङ्गे पुल निर्माण तर्फ २ करोड ११ लाख, भवन तथा सहरी विकास शिर्षकमा १ करोड ७७ लाख, खानेपानी तथा सरसफाई तर्फ ९४ लाख ६७ हजार बजेट विनियोजित गरिएको उप–प्रमुख शाहीले बताईन ।

यसैगरी संस्कृतिक प्रवद्र्धन शिर्षकमा ७८ लाख ५ हजार, उर्जा, लघु तथा साना जलविद्युत शिर्षकमा ५८ लाख, सिंचाई तर्फ ४१ लाख १० हजार, वन तथा भुसंरक्षण शिर्षकमा १२ लाख ५ हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शिर्षकमा ३६ लाख ९४ हजार, खेलकुद तथा मनोरञ्जन तर्फ ५ लाख २४ हजार, कृषि तर्फ ४९ लाख ३७ हजार, उद्योग तर्फ १२ लाख ३० हजार, सहकारी तर्फ ५ लाख स्वास्थ्य तर्फ ३७ लाख ३० हजार, विपद् व्यवस्थापन शिर्षकमा ५ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासन शिर्षकमा ७८ लाख ६ हजार बजेट विनियोजित भएको उप–प्रमुख शाहीले जानकारी दिए ।

नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा ६० लाख राजश्व उठाउने लक्ष्य राखिएको छ ।