जेलबाट छुटेपछि सलमानले गरे यस्तो ट्वीट

एजेन्सी । बलिउड नायक कृष्णसार मारेको अभियोगमा जेल परेका बलिउड अभिनेता सलमान खान शनिबार ५० हजार धरौटीमा रिहा भएका हुन् । उनलाई शनिबार नै जोधपुरको सेसन्स अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

कृष्णसार मारेको आरोपमा दुई दिनको जेल बसाईपछि मुम्बई फर्किएका बलिउड स्टार सलमान खानले ट्वीट गर्दै प्रशंसकहरुलाई धन्यवाद दिएका छन् ।

ट्विटर सलमान खानले यस्तो लेखेका छन्:

सलमान खानको फिल्म रेस ३ को शूटिंगका केहि हिस्सा बाकी छ । सलमान खान जेल पुगेपछि यी कुरालाई लिएर धेरै चर्चा भएका थिए ।

रेमो डिसूजा निर्देशित फिल्मको बाकि शूटिंग पूरा गर्नलाई टिम चिन्तित भएका थिए । सलमान खानको जमानत भएपछि अब पूरा टीमलाई राहत मिलेका छन् । सलमानले उक्त फिल्ल्मको बाँकी काम चाडै थाल्लने भारतीय मिडियाले लेखेका छन् ।
news24nepal.tv