पिसाबको संक्रमणबाट बचाउने लौकाको जुसका फाइदाहरु यस्ता छन्

लौका बजारमा सजिलैसँग पाइने तरकारी हो ।लौकाको तरकारी धेरै जसो मानिसलाई मन पर्ने गर्छ । तर यसलाई जुसको रुपमा कमै मानिसले मात्रा प्रयोग गर्ने गर्छन् । बिहान उठेर खालि पेटमा चिया र कफी पिउनुको सट्टा लौकाको जुस पिउने गरेमा शरीरलाई धेरै फाइदा पुग्ने गर्छ । यसले हामीलाई शरीरको विभिन्न समस्याहरुबाट बचाउन मद्धत गर्छ ।

लौकाको जुसले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छन् :

१) शरीरमा शक्तिका लागि : बिहान उठेर व्यायाम गर्नेहरूका लागि लौकाको जुस पिउनु धेरै फाइदाजनक हुन्छ । लौकाको जुसमा पाइने प्राकृतिक चिनीले ग्लाइकोजीनको मात्रालाई बनाइ राख्नमा मद्दत गर्छ । साथै कार्बोहाइड्रेटको कमीलाई पनि पुरा गर्छ । लौकाको जूसले मांसपेशीको क्षमतामा वृद्धि गर्छ ।

२) पिसाबको संक्रमणका बिरामीलाई फाइदाजनक : पिसाबको संक्रमणका बिरामीले लौकाको जुस पिउनु उत्तम हुन्छ । यूरिनमा एसिडको मात्रा बढी भएपछि पिसाब गर्दा पोल्ने र दुख्ने समस्या हुन्छ । लौकाको जुस पिउनाले शरीरमा भएको अम्लिय पदार्थलाई कम गर्छ र पोल्ने तथा दुखाईमा आराम हुन्छ ।

३) आन्तरिक विकार सफा गर्छ : खाली पेट एक गिलास लौकाको जुस पिउनाले ताजापन र शक्ति प्राप्त हुन्छ । लौकाको जूसमा ९८ प्रतिशत पानी र एन्टी–अक्सीडेंन्ट्स हुन्छ । जसले शरीरबाट टक्सिन्स बाहिर निकाल्ने काम गर्छ । लौकाको जुस पिउनाले शरीरलाई शितलता प्राप्त हुन्छ र शरीरमा भएको आन्तरिक विकार पनि सफा गर्छ ।

४) तौल घटाउन मद्दत गर्छ : लौकाको जुसमा क्यालोरी र चिल्लो पदार्थ नगन्य मात्रामा हुन्छ । यदि तौल घटाउने सोचमा काही व्यक्ति छन् भने उनीहरूका लागि जूस उत्तम उपाय सावित हुनेछ । यसमा पाइने फाइबरले भोक कम लाग्छ र शरीरको चिल्लो पदार्थ पनि काट्छ ।

५) कब्जियत हटाउँछ : कब्जीयतको समस्या हुनेहरूका लागि पनि लौकाको जुस निकै लाभप्रद हुन्छ । प्रत्येक बिहान लौकाको जुस पिउन सके कब्जियतको समस्या टाढा भाग्छ । लौकाको जूसमा पाइने फाइबरले पाचन प्रक्रियालाई स्वस्थ र सक्रिय राख्छ ।