सुर्खेत काठमाडौं सिधा हवाई सेवाका लागि नयाँ भाडादर तोकियो

चैत २८, २०७४
सुर्खेत: सुर्खेतदेखि काठमाडौं सिधा हवाई सेवाका लागि नयाँ भाडादर लागू गरिएको छ। सिधा हवाई सेवामार्फत कर्णाली प्रदेशदेखि काठमाडौं जोड्ने एक मात्र विकल्प सुर्खेतदेखि काठमाडौं सम्मको हवाई सेवाको लागि नयाँ भाडादर तोकिएको हो। नयाँ भाडादरअनुसार सुर्खेतबाट काठमाडौं जाँदा सात हजार चार सय र काठमाडौंबाट सुर्खेत आउँदा एक सय रुपैयाँ बढी कायम गरेर सात हजार पाचँ सय भाडादर कायम गरिएको छ। सुर्खेत विमानस्थलका स्टेनसन इन्चार्ज चेतन तिमिल्सेनाले नयाँ भाडादरसम्बन्धी जानकारी दिएकाहुन्।

हवाई सेवामार्फत काठमाडौं जानका लागि नेपालगञ्ज भएर जानुपर्ने बाध्यता यस क्षेत्रका यात्रुहरूको लागि हटे पनि भाडादर भने महँगो हुने भएको छ।केही दिनयता बुद्ध एयरले ४७ सिट क्षमताको जहाजको परीक्षण उडान गरेलगत्तै नेपाल एयरलाइन्सले पनि आइतबारबाट सुर्खेत काठमाडौं हवाई सेवा सुरु गरेको छ।नेपाल एयरलाइन्सले आज (आइतबार) बाट व्यावसायिक रूपमा प्रत्येक आइतबार सुर्खेत काठमाडौं हवाई सेवा प्रदान गर्ने सुर्खेत विमानस्थलका प्रमुख विनोद पन्तले जानकारी दिए।