कर्णाली प्रदेशसभामा चार संसदीय समिति गठन

चैत २६, २०७४
सुर्खेत : कर्णाली प्रदेशको प्रदेशसभा बैठकले चारवटा संसदीय समिति गठन गरेको छ। प्रदेशसभाको पहिलो अधिवेशनको १० औँ बैठकले विद्यायन तथा प्रदेश मामिला , सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समितिहरु गठन गरेको हो।

विद्यायन तथा प्रदेश मामिला समितिमा सांससदहरु चन्द्रबहादुर शाही, जीवन शाही, देवी वली, धर्मराज रेग्मी, पदमबहादुर रोकाय, विन्दमान विष्ट र मीनासिंह रखाल रहेका छन्। बैठकले अर्थ तथा प्राकृतिक स्रोत समितिमा सांसदहरु अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिंह परियार, धिरबहादुर शाही, यामलाल कँडेल, सीताकुमारी नेपाली, सोशिला शाही र हिमबहादुर शाही सदस्य छन्।

त्यस्तै, सार्वजनिक लेखा समितिमा सांसदहरु करवीर शाही, गणेशप्रसाद सिंह, गुलावजंग शाह, गोपाल शर्मा, झोवा विक, दिनवन्धु श्रेष्ठ र बध्मीकुमारी बोहरा रहेका छन्।
सामाजिक विकास समितिमा कृष्ण शाह, कौशीलावति खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, राजु नेपाली, रातो कामी र सुशिलकुमार थापा सदस्य रहका छन्।

चार वटै समितिमा रहने सदस्यहरुको नाम संसद बैठकबाट सर्वसम्मत अनुमोदन भएको सभामुख शाहीले जानकारी दिए। समितिका सदस्यहरुको पहिलो बैठकबाट अध्यक्षको चयन गरिने छ। यसअघि संसदको ८ औँ बैठकले समितिमा सभापतिको सट्टा अध्यक्ष राख्ने निर्णय पारित गरेको थियो।