सुर्खेतबाट अवैध १३ क्विन्टल माछा बरामद

चैत २८, २०७४
सुर्खेत : बर्दियाको गुलरियाबाट अवैध रूपमा सुर्खेत ल्याइँदै गरेका माछा स्थानीयलले कब्जामा लिएका छन्। भे १ च १९७२ नम्बरको बोलेरो गाडीमा भन्सार छली तथा क्वारेन्टाइन नगरेरै सुर्खेत ल्याइँदै गरेको १३ क्विन्टल माछा भेरीगंगा नगरपालिका-११ चिप्लेका स्थानीयवासीले सोमबार खोसेका थिए।

स्थानीयले नियन्त्रणमा लिएको अवैध माछा इलाका प्रहरी कार्यालय छिन्चुमा बुझाएका थिए। तर, व्यवसायी र प्रहरी मिलेमतोमा रकम लेनदेन गरी अवैध सामग्री र गाडी छाडिएको थियो।

इप्रका छिन्चुले छाडेको गाडीलाई वाइसिएल सुर्खेतका उपाध्यक्ष विकास ओलीलगायत वाइसिएल टिमको सहयोगमा पुनः नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।