अचानक राजिनामा दिएर बसेका डिआइजी रमेश खरेलको बारेमा आयो यस्तो खबर

काठमाडौं – गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले डिआइजी खरेलको राजीनामा स्वीकृत गरेका हुन् ।

सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा मंगलबार साँझ डिआइजी सर्वेन्द्र खनाललाई नियुक्ति गरेलगत्तै खरेलले राजीनामा दिएका थिए ।

बुधबार गृहमन्त्री थापाले उनको राजीनामा स्वीकृत गर्नुभएको गृह मन्त्रालयका प्रवक्त रामकृष्ण सुवेदीले बताए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै प्रहरी प्रधान कार्यालयमा समेत जानकारी दिइसकेको जनाइएको छ ।